माघ २७, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलि पनि बस्ने भएको छ । आज दिउँसो बसेको बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी विषयमा छलफल भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार नेताहरुले आज बोल्ने क्रम नसकिएकाले भोलि पनि बैठक बस्ने...
यले सम्बत ५०८१को शुभ अवसरमा आदिवासी किराँतहरु प्राकृतिक आमाद्धारा प्राप्त आसिक साकेला सिली मार्फत आदान प्रदान गर्देछन् । साकेला सिली मंसिर तथा बैशाख चण्डी पूर्णिमा छेक पर्ने प्राकृतिक वतावरण पूजा तथा सम्मान गर्ने परम्परा रहेको पाइन्छ । संखुवा खोला उत्पन्न पूर्व त्यस ताका किराँत राजालाई पिनाश सल्काई...
माघ २६ काठमाडौं ,नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा नेकपासहितका दलहरूले आज अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै छन् । दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर ¥यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने योजना रहेको छ । विप्लव नेतृत्वको नेकप...
माघ २५ काठमाडौं , नेकपा एमाले रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चले माघ २९ गते शनिबार मनोरन्जन पार्क अनामनगरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न गहिरहेको नगर सम्पर्क मञ्चको सचिव तुलसी श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भएको छ । अहिले विभ...
माघ २४, काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आउने (२०७९) बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरिएको हो । जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले जेठ ४...
माघ २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनताका समस्या र अप्ठ्यारा वर्तमान सरकारले हटाउने बताएका छन् । उनले भने, ‘यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।’ मारवाडी सेवा समितिको ६९औँ वार्षिकोत्सवमा आज मन्त्री आलेले समितिको सेवाम...
माघ २२ , काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक यहि २७ गते बोलाएको छ । हालै ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको कांग्रेसले पहिलो बैठक २७ गते बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेक्षुक संस्थाहरु, र बाँकी जिल्ल...
माघ २१, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाए सँगै यातायात व्यवसायीले गाडी भाडा बढाउन माग गरेको छ । असार यता डिजल तथा पेट्रोल लिटरमै १६ रुपैयाँले वृद्धि भईसकेको छ । लगातार डिजल–पेट्रोलको मूल्यले बढने क्रम चलिहरँदा यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न था...
माघ २०, नेकपा एमाले दाङ जिल्लाको जिल्ला कमिटीले पार्टीबाट निर्वाचित भएका तीनजना जनप्रतिनिधिलाई कारबाही गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य जानुका रेग्मी, डिला परियार र दीपक कुमालले पार्टीको हित विपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको हो । जिल्ला अध्यक्ष हुकुमबहादुर बस्ने...
माघ २०, काठमाडौं । निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ मा सरकारले स्थानीय तहको निर्वाचन गर्नुपर्ने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताएका छन् । ‘निर्वाच...
माघ १९, काठमाडौं । नेकपा (एमाले)ले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना आइटी विज्ञ नियुक्त गर्ने भएको छ । केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लाहरुलाई निर्देशन दिइएको छ । फागुन महिनाभित्र नै पार्टी सदस्यता वितरण गर्ने र...
माघ १८, काठमाडौं । नेकपा (एमाले)को निकट राष्ट्रिय युवा संघ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध कारबाहीको माग गर्दै अख्तियार पुगेको छ । खतिवडा स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरेको आरोपसहित मुद्दा दायर गर्न राष्ट्रिय युवा संघ अख्तियार पुगेको हो ।...
माघ १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएकाले खोज्नका लागि समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । हराएको खोप छानविन गर्न समितिमा मन्...
माघ १६, रामेछाप । गोठगाउँ सरोकार समाज र आधुनिक कृषि सहकारी संस्था लि. द्वारा आयोजित व्यवसायीक तरकारी खेती, उद्यमशिलता तथा वातावरण संरक्षण सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम माघ १४ र १५ गते सम्पन्न भएको छ । गाउँघरका कृषकहरूलाई कसरी व्यवसायीक कृषक तथा उद्यमी बनाउन सक...
माघ १४, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको थियो । लगातार दुई दिन सुनको मूल्य घट्दा सुन तोलामा १८ सय सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै...
माघ १३, काठमाडौं । यहि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । बैठक १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् । लामो...
माघ १२, काठमाडौं । छिमेकी मुलुक भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले शुभकामना दिएको छ । नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् । राष्ट्रपति विद्यादे...
माघ ११, काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना खोल्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका छन् । यदि उद्योगी,...
माघ ८, काठमाडौं । नेकपा एमाले रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चको दोस्रो विस्तारित बैठकले नगर सम्पर्क मञ्चको प्रतेक वडा सम्पर्क इन्चार्ज र १५ सदस्य सचिवालय गठन गरि सम्पन्न भएको छ। रामेछाप जिल्ला कमिटी सदस्य विन्दा घिमिरेको प्रमुख आतिथ्यमा नगर सम्पर्कको अध्यक्ष दिलिप श...
माघ ७, काठमाडौँ । आईयुसिएनले आयोजना गरेको प्रकृतिमा आधारित समाधानको बारेमा आदिवासी महिला तथा युवाको क्षमता सुदृढीकरण कार्यसम्बन्धी कार्यशाला तालिम सम्पन्न भएको छ । माघ ३ गतेदेखि ५ गतेसम्म काठमाडौँको अल्फा हाउस बानेश्वरम भएको तालिमको सञ्चालन आईयुसिएनमा कार्यरत अनु अधिकारीले गरेकी थिईन् । कोभिडको अ...