मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

सराेकार समाज गाेठगाउँकाे गहना हाे :- उप -प्रमुख कार्की

शनिबार २१ जेष्ठ, २०७९ विचारवाटिका 3316


सराेकार समाज गाेठगाउँकाे गहना हाे  :- उप -प्रमुख कार्की

 जेठ २१ रामेछाप ,गाेठगाउँ सराेकार समाज द्वारा आयाेजित नव निर्वाचित जनप्रतिनिधि हरूलाई बधाई तथा सम्मान कार्यक्रमकाे प्रमुख अतिथि रामेछाप नगरपालिकाकाे उप-प्रमुख बाला कुमारी कार्की (थापा)ले गाेठगाउँ सराेकार समाज गाेठगाउँकाे गहना भएकाे कुरा बताउनु भएकाे छ।

   उप-प्रमुख कार्कीले सराेकार समाजको गतिविधि पहिले देखिनै आफुले नियाल्दै आएकाे र गाेठगाउँकाे समाज परिवर्तनको गर्न यस संस्थाले उल्लेखनीय भुमिका निभाएकाे कारण अरुले जेजे भनेपनि आफुले भने सराेकार समाजलाई  गाेठगाउँकाे गहनाकाे रूपमा हेरेकाे बताउनु भयाे ,गाेठगाउँ सराेकार समाजले आफू लगायत गाेठगाउँ बाट निर्वाचित सबै जनप्रतिनिधि हरूलाई बधाई तथा सम्मान गरेकाे प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आफ्नाे व्यक्तिगत तथा रामेछाप नगरपालिकाकाे तर्फबाट सराेकार समाजलाई सकेको सहयाेग गर्ने बाचा गर्दै सराेकार समाजको प्रगतिको कामना समेत व्यक्त गर्नु भएकाे थियाे ।

  मन्तव्य राख्ने क्रममा गाेठगाउँका वडा अध्यक्ष रेख बहादुर खत्री ,वडा सदस्य शिर कुमारी श्रेष्ठ र सन्जित कार्कीले पनि सराेकार समाजको सम्मानले आफ्नाे जिम्मेवारी अझ थपिएको महसुस भएकाे जानकारी गराउदै सराेकार समाजलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु