शुक्रबार ७ कार्तिक, २०८३ (Friday October 23, 2026)

दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित

बिहीबार ६ कार्तिक, २०८३ Bichar Batika 1123


दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित

कात्तिक ५, काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन्।
नेपाल प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो। उक्त सेवाबाट कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जनाले आवागमनको सुविधा लिएका हुन्।
निःशुल्क बस सेवा प्रयोग गर्नेमा ७३७ जना महिला र ६६९ जना पुरुष रहेका छन्।
बडादसैँका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने अवस्थालाई ध्यानमा राख्दै सर्वसाधारणको आवागमन सहज बनाउन तथा यात्रुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरीले उक्त सेवा सञ्चालन गरेको थियो।
नेपाल प्रहरीको यस पहलले दसैँको समयमा सर्वसाधारणलाई सहज र सुविधाजनक रूपमा यात्रा गर्न सहयोग पुगेको छ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु