बिहीबार ६ कार्तिक, २०८३ (Thursday October 22, 2026)

टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

बिहीबार ६ कार्तिक, २०८३ Bichar Batika 1069


टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

कात्तिक ५, काठमाडौं । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम जारी छ। दसैँको टीका थाप्न र आशीर्वाद लिन आफन्त तथा मान्यजनका घरमा जानेहरूको चहलपहल बिहानैदेखि बढेको छ।

विजयादशमीको मुख्य दिन बुधबार नेपाल तथा विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ टीका र जमरा लगाएर दसैँ मनाएका थिए। टीकाको दोस्रो दिन बिहीबार पनि बिहानैदेखि टीका थाप्न जानेहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

नौ दिनसम्म नवदुर्गा भवानीको पूजा–आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको टीका, जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने परम्परा कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।
दसैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले परिवार तथा आफन्तबीचको आत्मीयता, सद्भाव र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ। यस पर्वले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई समेत बलियो बनाउँदै आएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु