मंगलवार ४ कार्तिक, २०८३
कार्तिक ३,रामेछाप । रामेछाप नगरपालिका–१,गाेठगाउँ- गोठपानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले बडादसैँ २०८३सालकाे अवसरमा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व शिक्षकहरूलाई सम्मान गरेका छन्।

पूर्व विद्यार्थी टेकबहादुर श्रेष्ठ (लड्डु) को अग्रसरतामा पूर्व विद्यार्थी समाजको नाममा वडा स्तरीय भलिबल प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उहाँहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्षहरू नरबहादुर थापा, दुर्गाबहादुर थापा, युद्धबहादुर कार्की, भानुभक्त श्रेष्ठ र तोपबहादुर थापा तथा पूर्व शिक्षकहरू ज्ञानप्रसाद श्रेष्ठ, मोहनबहादुर खत्री र पदमबहादुर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा गोठगाउँ–गोठपानी निवासी कबड्डीका राष्ट्रिय खेलाडी अशोक मगर समेत सम्मान गरिएको कार्यक्रम संयोजक टेकबहादुर श्रेष्ठ (लड्डु) ले विचार वाटिकालाई जानकारी दिए।
कार्तिक १ र २ गते सञ्चालन भएको वडा स्तरीय भलिबल प्रतियोगितामा पुरूष तर्फ श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रथम, आयोजक टोली द्वितीय र गोठगाउँ युवा क्लब ‘बी’ तृतीय भएका थियाे भने महिला तर्फ टिममा ए प्रथम हुन सफल भएकाे थियाे ,प्रतियोगितामा पुरूष तर्फ प्रथम हुने टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल, द्वितीय हुने टोलीले ७ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा तृतीय हुने टोलीले ५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेका थिए,भने महिला तर्फ प्रथम हुन सफल टिम ए ले ४ हजार रुपैयाँसहित ट्रफी र मेडल र टिम बि ले पचिस सय रुपैयाँसहित मेडल प्राप्त गरेकाे थियाे ,प्रतियोगितामा पुरूष भलिबल बेष्ट प्लेयर कपिल पुलामी मगर, पुरूष भलिबल बेष्ट स्पाइकर सुदिप पुलामी मगर , पूरूष भलिबल राइजिङ प्लेयर विवेक पुलामी मगरले पुरस्कार जित्न सफल भएकाे थियाे भने महिला भलिबल बेष्ट प्लेयर कुसुम श्रेष्ठ र महिला भलिबल बेष्ट स्पाइकर सुजता श्रेष्ठले पुरस्कार जितेका थिए ।

पूर्व विद्यार्थी समाजको नाममा टेकबहादुर श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा पूर्व विद्यार्थी, गोठगाउँ सरोकार समाज, पूर्व शिक्षक तथा जनप्रतिनिधिहरूले आर्थिक सहयोग गरेका थिए। कार्यक्रम सफल बनाउन पूर्व विद्यार्थी तथा शिक्षक प्रदीप थापामगर, पूर्व विद्यार्थी तथा अधिवक्ता राजकुमार श्रेष्ठ, पूर्व विद्यार्थी एवम् युवा व्यवसायी तथा गोठगाउँ सरोकार समाजका कोषाध्यक्ष कुमार श्रेष्ठ समाजसेवी पूर्व बहादुर कार्कीलगायले भौतिक सहयोगसमेत गरेका थिए।

पूर्व विद्यार्थी टेकबहादुर श्रेष्ठको अध्यक्षता तथा पूर्व विद्यार्थी एवम् अधिवक्ता राजकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य राख्नुका साथै कलाकारहरूले सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए।
विद्यालयमा योगदान पुर्याएका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकहरूलाई सम्मान गर्दै दसैँको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले पूर्व विद्यार्थी, शिक्षक र स्थानीय समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।