शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

गायक तथा संगीतकार विश्कर्माकाे नयाँ हाेली गीत ''हाेली सररर''सार्वजनिक ।

शनिबार २४ फाल्गुन, २०८१ Bichar Batika 1611


गायक तथा संगीतकार विश्कर्माकाे नयाँ हाेली गीत ''हाेली सररर''सार्वजनिक ।

फागुन २४ काठमाडौं ,लोकप्रिय गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक यो गीत होली पर्वलाई लक्षित गरी तयार पारिएको हो । गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार प्रस्तुति रहेको छ ।

गीतमा समीक्षा अधिकारीले रुद्रसेनसँग स्वर भरेकी छन् भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो आकर्षक छ, जसलाई ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।
गायक रुद्रसेनका अनुसार, "होली गीत ‘होली सररर’ नेपाली दर्शकका लागि रमाइलो र मनोरञ्जन दिने उद्देश्यले तयार पारिएको हो ।"

यो गीत अब युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
https://youtu.be/BLb29WdRlb4?si=pg5lP-oKgMqW2k2c 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु