बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

समाज

नागरिकता सम्बन्धी अध्यादेश रोक्दा समस्या भयावह हुन्छः महन्थ ठाकुर

जेष्ठ २८, काठमाडौँ । नागरिकता सम्बन्धी अध्यादेश रोक्दा सम्बन्धित समस्या भयावह हुने जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भए...

गण्डकीमा मुख्यमन्त्रीका लागि आधार पेश गर्न आह्वान

जेठ २८, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।  संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुर...

बढ्यो सुनको भाउ

जेठ २८ ,काठमाडौं । बिहिबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।  तोलको ९३ हजार चार सय रुपैयाँमा बिहीबार कारोबार भएको तेजावी सुनको भाउ आज ९४ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी आज...

रामदेवले गर्यो कोरोनाविरुद्धको खोप लगाउने घोषणा

जेठ २८, काठमाडौं । पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् । रामदेव एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका थिए ।  यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा आएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्...

सिंहदरबार छेउको सडक जलमग्न 

जेठ २७, काठमाडौं । काठमाडौंको सिंहदरबारसँगै जोडिएको सडक जलमग्न भएको छ । बिहीबार दिउँसो थोरै समय परेको वर्षाले पनि सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लास्थित सडक पुरै जलमग्न भएको छ ।  सडक जलमग्न भएकोले पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् । धेरै तिरको भल एकत्रित भएको र न...

बादल पत्नी नैनकला सञ्चारमन्त्री

जेठ २७, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । एमाले र राजपालाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । पूर्व माओवादी खोमाबाट दुईमन...

उपसचिवसहित २८ जनाको लागि प्रदेश २ लोकसेवाले खोल्यो विज्ञापन

जेठ २७, काठमाडौं । उपसचिव सहित २८ जना कर्मचारीको लागि प्रदेश २ को लोकसेवा आयोगले विज्ञापन खोलेको छ ।  आयोगले बिहिबार सूचना जारी गर्दै असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो । प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अ...

४ वटा प्रदेश सभामा बिहिबार नीति तथा कार्यक्रम पेस हुँदै

जेठ २७, काठमाडौं । ४ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  बिहिबार प्रदेश सभामा पेस गर्ने भएका छन् ।  असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम बिहीबार संसदमा पेस गर्...

क्रेनको सहायताले वानेश्वरमा आकाशे पुल राखिँदै

जेठ २६, काठमाडौं । नयाँ बानेश्वर चोकमा भुइँमा तयार पारिएको आकाशे पुल बुधबार जडान गर्न लागिएको छ । क्रेनको सहायताले नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल आज खम्बामाथि राख्न लागिएको हो । करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको सडक विभाग अन्तर्गतको...

राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले लिए सपथ

जेठ २६, काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बुधबार दृगनारायण पाण्डेलाई सपथ दिलाएका हुन् । यही जेठ १७ गते लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर...

योगेशले खुट्याए एमाले एकताको समस्या

जेठ २६, काठमाडौं । एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका छन् ।  नेता भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत् पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे । उ...

एमाले संसदीय दलले गर्यो मुख्यमन्त्रीलाई विश्वासको मत दिने निणर्य

जेठ २५, धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले विश्वासको मत दिने निणर्य गरेको छ । सामाजिक विकासमन्त्री लालबहादुर खड्काको अनुसार मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निणर्य गरेको छ ।  बैठकमा केपी शर्मा ओली पक्षका सांसद...

भाटभटेनीका म्यानेजर दिउँसो पसल खोलेको आरोपमा पक्राउ

जेठ २४, काठमाडौं । निषेधाज्ञाको नियम पालना नगरी  दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्...

स्वास्थ्यमन्त्री तामाङले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक 

जेठ २४, काठमाडौं । सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  सबै सञ्चारमाध्यममा उनले आफ्नो सम्पत्ति विवरण उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के-के समेटिएको छ भन्...

अब पेन्सन विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

जेठ २४, काठमाडौं । अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । अब भने पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको छ । आइतबारबाट यो प्रणाली शुरु गरिएको महालेखा नियन्त्रक क...

जेठ २५ देखि २९ गतेसम्म काठमाडौंमा चिनियाँ खोप लगाइने

जेठ २४, काठमाडौं । चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा काठमाडौं महानगरपालिकाले ५ दिनसम्म लगाउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मंगलबारबाट सुरु हुने खोप अभियानमा समेटिने छ । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप द...

सर्वोच्चले कृष्ण थापाको प्रदेशसभा सदस्य पद गर्यो थमौती

जेठ २३, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई सर्वोच्च अदालतले प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

लालबाबु राउत जसपा प्रदेश २ संसदीय दलको नेतामा चयन

जेठ २३, जनकपुरधाम । हालै प्रदेश २ का मुख्यमन्त्री समेत रहेका लालबाबु राउतलाई जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा चयन गरेको छ ।  तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए । तर, एकीकरण भएको एक वर्...

एकपटक कोरोना संक्रमण भएको व्यक्तिलाई १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून

जेठ २३, काठमाडौं । एक अध्ययनको अनुसार एकपटक कोरोना संक्रमण भएको व्यक्तिलाई कम्तीमा १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने देखिएको छ । युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमा गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखि...

नेप्सेम्याकद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न 

जेठ २२ ललितपुर । "नयाँ सोच र सिर्जना प्राकृतिक प्राणालीको पुनस्थापना", भन्ने मुल नाराको साथ विश्व वातावरण दिवस २०७८ को अवसरमा नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र  (नेप्सेम्याक) द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाईरसको माहामारीले अस्...