शुक्रबार १ श्रावण, २०८३ (Friday July 17, 2026)

इंग्ल्यान्डलाई २-१ ले हराउँदै साविक विजेता अर्जेन्टिना फाइनलमा प्रवेश ।

बिहीबार ३२ असार, २०८३ Bichar Batika 1387


इंग्ल्यान्डलाई २-१ ले हराउँदै साविक विजेता अर्जेन्टिना फाइनलमा प्रवेश ।

असार ३२ काठमाडौं , इंग्ल्यान्डलाई २–१ ले हराउँदै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेकाे छ ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदासम्म १–० ले पछि परेको अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र दोस्रो हाफमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई अविस्मरणीय जित दिलायकाे थियाे ,खेलको ५५ औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि अन्तिम समयमा इंग्ल्यान्डले अग्रता जोगाउन सकेन ।
८५ औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले डिबक्स बाहिरबाट गरेको प्रहार गोल हुँदा अर्जेन्टिना खेलमा फर्कियो,दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले हेड मार्फत् गोल गर्दै अर्जेन्टिना २–१ ले सेमिफाइनल जित्न सफल भयाे ।

अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा चर्चित प्रतिस्पर्धामध्येका अर्जेन्टिना–इंग्ल्यान्ड भिडन्तमा खेल सुरु हुनुअघि नै रंगशालाको माहोल निकै रोमाञ्चक बनेको थियो, दुवै टोलीका समर्थकहरूले एकअर्काको राष्ट्रिय गानलाई आफ्नो टोलीको समर्थनले दबाउने प्रयास गरेका थिए  ,याे जित सगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा पुग्न सफल भएकाे छ अब अर्जेन्टिनाले  विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने  छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु