मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

नर्वेलाई २-१ ले हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश ।

आईतवार २८ असार, २०८३ Bichar Batika 1228


नर्वेलाई २-१ ले हराउँदै  इंग्ल्यान्ड  फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश ।

असार २८ काठमाण्डौ , फिफा विश्वकप फुटबलमा नर्वेलाई २-१ ले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । 
आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले गरेकाे थियाे, खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ,पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 
 निर्धारित ९०मिनेटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो , अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिङ्घमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे र तेहि गाेलले इंग्ल्यान्डलाई सेमिफाइनलमा प्रवेश गरायाे ।
अब  सेमिफाइनलमा इंग्ल्यान्डले साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्याण्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु