सोमबार २२ भाद्र, २०८३ (Monday September 07, 2026)

एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप

सोमबार २२ भाद्र, २०८३ Bichar Batika 1084


एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप

भदौ २२ भक्तपुर ,विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास गर्ने उद्देश्यले एभरेस्ट स्कुलले आयोजना गरेको दुई दिन एक रातको एभरेस्ट स्काउट क्याम्प सम्पन्न भएको छ।
भदौ २० र २१ गते सञ्चालित क्याम्पमा कब स्काउट ८, ब्राउनी ८, गर्ल्स स्काउट २० र ब्वाय स्काउट १५ गरी कुल ५१ जना विद्यार्थी सहभागी थिए, ‘Consideration, Leadership and Fellowship’ मूल विषयमा केन्द्रित क्याम्पमा नेतृत्व, सहकार्य, अनुशासन तथा जीवनोपयोगी सीपसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।
क्याम्पको उद्घाटन एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र कमलादेवी अमात्य राजभण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो, क्याम्पमा मेमोरी गेम, सर्वधर्म सभा तथा सामूहिक कार्यजस्ता गतिविधिमार्फत विद्यार्थीलाई जिम्मेवारी वहन, निर्णय क्षमता, समस्या समाधान र नेतृत्वको व्यवहारिक अभ्यास गराइएको थियो।
समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यलगायतको उपस्थिति रहेको थियो, सहभागी विद्यार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व, आत्मविश्वास, अनुशासन, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु