बुधबार ३१ असार, २०८३ (Wednesday July 15, 2026)

फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश ।

बुधबार ३१ असार, २०८३ Bichar Batika 1081


फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश  ।

असार ३१ काठमाडौं ,  अमेरिकाको डालस स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा  फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेकाे छ ।
  बुधबार बिहान भएकाे  खेलको २२ औं मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाएका थिए भने  ५८ औं मिनेटमा टोटेनहामका डिफेन्डर पेद्रो पोरोले डानी ओल्मोको पासमा उत्कृष्ट गोल गर्दै स्पेनको जित सुनिश्चित गरेकाे थियाे ,पुरै खेल अवधिभर स्पेनले बलमाथि नियन्त्रण राख्दै फ्रान्सलाई दबाबमा राख्यो। 

विश्वकै उत्कृष्ट फरवार्ड मानिएका किलियन एम्बापेका लागि यो रात निकै बिर्सनलायक रहयाे ,स्पेनिस डिफेन्डर मार्क कुकुरेलाले एम्बापेलाई पुरै खेलभर चल्न दिएन,खेलको अन्तिम समयतिर हतास देखिएका एम्बापेले स्पेनिस गोलकिपर  सिमोनलाई धक्का दिएपछि पहेँलो कार्ड समेत पाएका थिए।
फ्रान्सको राष्ट्रिय दिवस बास्टिल डे कै दिन भएको यस हारले फ्रान्सेली समर्थकहरूलाई स्तब्ध बनाएको छ, सन् २०१२ देखि टोली सम्हाल्दै आएका प्रशिक्षक दिदिएर डेसक्याम्प्सका लागि यो हार निकै महँगो साबित भएको छ,१४ वर्षको कार्यकालमा फ्रान्सलाई एक पटक विश्वकप जिताएका र अर्को पटक फाइनल पुर्‍याएका डेसक्याम्प्स यसपटक सेमिफाइनलबाटै बाहिरिनु परेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु