शनिबार २७ असार, २०८३
असार २७ काठमाडौं , लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एल, नेपालकाे समन्वयमा , फाईट फर लाईफ नेपाल डल्लु शाखाकाे आयाेजना तथा माट्रीका आइ सेन्टर पुरानाे बानेश्वर र कान्तिपुर अस्पतालकाे प्रविधिक सहयाेगमा नि:शुल्क आँखा शिविर तथा खुल्ला रक्तदान कार्यक्रम श्री गणेश सामुदायिक विकास सेवा डल्लु आवासमा सफलता पुर्वक सम्पन्न भएकाे छ ।


आँखा शिविर तथा रक्तदान कार्यक्रमलाई फाईट फर लाईफ नेपाल , लायन्स क्लब अफ शेषमति, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर तथा विभिन्न सामाजिक संस्थाहरूको संयुक्त रूप सहकार्य रहेकाे फाईट फर लाईफ नेपाल डल्लु शाखाका अध्यक्ष नबिना शाक्यले जानकारी गराउनु भयाे

वरिष्ठ गायिका मिना रानाकाे प्रमुख आतिथ्यता तथा फाईट फर लाईफ नेपाल डल्लु शाखाका अध्यक्ष शाक्यकाे अध्यक्षयतामा आयाेजना गरिएकाे कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय सदस्य पेम लामा , फाईट फर लाईफ नेपालका केन्द्रीय अध्यक्ष हेमा मानन्धर लगायत विभिन्न क्षेत्रका समाजसेवी, लायन्स सदस्य, युवा तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।


रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १५ का वडा सदस्य रिता मिजार ,मिस नेवा सकिना महर्जन लगायत विभिन्न क्षेत्रका रक्तदाताहरू आफ्नाे अमुल्य रगत दान गरेकाे थियाे , भने आँखा शिविर कार्यक्रममा जेष्ठ नागरिक देखि बालबालिका समेत गरि दुई सय जना भन्दा बढिकाे आँखा चेकजाँच गर्नुकाे साथै चालीस जनाकाे माेतीबिन्दुकाे शल्यक्रिया गर्नुपर्ने देखिएकाेले माट्रीका आइ सेन्टरले चालीस जनाकै नि:शुल्क माेतीबिन्दुकाे शल्यक्रिया गरिदिनुकाे साथै औंषधी चस्मा समेत नि:शुल्क उपलब्ध गराउनु शिविरमा खटिनु भएका आइ सेन्टरका डाक्टरले जानकारी गराउनु भयाे ।



