शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

एकपटक कोरोना संक्रमण भएको व्यक्तिलाई १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून

आईतवार २३ जेष्ठ, २०७८ विचारवाटिका 2359


एकपटक कोरोना संक्रमण भएको व्यक्तिलाई १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून

जेठ २३, काठमाडौं । एक अध्ययनको अनुसार एकपटक कोरोना संक्रमण भएको व्यक्तिलाई कम्तीमा १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने देखिएको छ ।

युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमा गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखिएको हो ।

प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।

एकपटक संक्रमित भएको व्यक्ति कम्तीमा १० महिनासम्म सुरक्षित देखिनु साह्रै सुखद् कुरा हो, दोहोर्‍याएर संक्रमित हुनेको प्रतिशत निकै कम देखिएको, अध्ययनको नेतृत्व गरिरहेकी मारिया कुर्तिकोभ भनिन् । 

कोरोना संक्रणविरुद्धको खोप लगाएका मानिसहरु भने यस अध्ययनमा सहभागी थिएनन् । उनीहरुले खोप लगाएका व्यक्तिको एन्टीबडी र प्रतिरोधी क्षमताबारे बेग्लै अध्ययन गरिने बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु