शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

भोटेकोशी बाढीको भयावह क्षतिः १ हजार २९० शव फेला, ४ हजार ७९८ अझै सम्पर्कविहीन

शुक्रबार १९ भाद्र, २०८३ Bichar Batika 1116


भोटेकोशी बाढीको भयावह क्षतिः १ हजार २९० शव फेला, ४ हजार ७९८ अझै सम्पर्कविहीन

भदौ १९ काठमाडौं ,भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा व्यवस्थापन कार्यका क्रममा हालसम्म १ हजार २९० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ, विपद्पछि ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। साथै, बाढी प्रभावित विभिन्न क्षेत्रमा ५३२ वटा मानव शरीरका आंशिक अंग समेत फेला परेको जनाइएको छ।
विपद्पछि उपचारका क्रममा अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने हालसम्म फेला परेका शवमध्ये ९२६ वटाको व्यवस्थापन सम्पन्न गरिएको प्रहरीले जनाएको छ,बाढीका कारण हालसम्म ४ हजार ७९८ जना बेपत्ता रहेको विवरण प्राप्त भएको छ, बेपत्तामध्ये २ हजार ८४७ नेपाली नागरिक र ६०१ विदेशी नागरिक रहेका छन्,
भने थप १ हजार ३५० जनाको अवस्थाबारे फोनमार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
सुरक्षाकर्मी तथा उद्धार टोलीको सक्रियतामा हालसम्म ८ हजार १२७ जनाको उद्धार गरिएको छ, उद्धार गरिएकामध्ये ६ हजार ९० पुरुष र २ हजार ४७२ महिला रहेका छन्,फेला परेका शवमध्ये अझै १ हजार १४१ जनाको पहिचान हुन बाँकी रहेको छ, मृतकको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्रिया अगाडि बढाएको जनाएको छ, पहिचानका लागि मृतकबाट १ हजार १४३ वटा र आफन्तबाट ७१९ वटा गरी कुल १ हजार ८६२ डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन नसकेका शवहरूको विवरण नेपाल प्रहरीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ, बाढी प्रभावित क्षेत्रमा अझै पनि सुरक्षाकर्मी, उद्धार टोली तथा सम्बन्धित निकायले बेपत्ता व्यक्तिको खोजी, शव पहिचान र उद्धार कार्यलाई तीव्रता दिएका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु