बिहीबार २१ श्रावण, २०८३
साउन २१ ललितपुर ,ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा आज बिहीबार दिउसाे एक यात्रुबाहक बस दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ।
बस दुर्घटनामा परि मृत्युहुने महिला दाेलखा जिल्लाको शैलुङ गाउँपालिकाकी ४० वर्षीया जेनिसा लामा रहेकाे घटनास्थलमा घटिरहेको प्रहरीले जनाएकाे छ ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई फ्लाइओभरमा ठोक्किएपछि पल्टिएकाे थियाे ,दुर्घटनापछि सुरक्षाकर्मीहरूले तत्काल उद्धार गम्भीर घाइते भएकी लामालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेकाे सुरक्षाकर्मीले जानकारी गराउनु भयाे ,सुरक्षाकर्मीकाे अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेकाे बिस्तृत विवरण आउन बाकी रहेकाे जनाएको छ।