सोमबार १८ जेष्ठ, २०८३ (Monday June 01, 2026)

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक जिप दैलेखमा दुर्घटना हुदा तिन जनाको मृत्यु पाँच जना गम्भीर घाइते ।

सोमबार १८ जेष्ठ, २०८३ Bichar Batika 1104


सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक जिप दैलेखमा  दुर्घटना हुदा तिन जनाको मृत्यु पाँच  जना गम्भीर घाइते ।

जेष्ठ १८ दैलेख , सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एक यात्रुवाहक जिप दैलेखकाे भैरवी गाउँपालिका–५ स्थित कालगौडाको भिरमा सु.प ०१००१ च ४९६४ नम्बरको बोलेरो जिप   दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुकाे साथै ५ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा जिपमा सवार ८ जनामध्ये १ महिला र २ पुरुषसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ, मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन,बोलेरो जिप  सडकबाट खसेको प्रहरीले जनाएको छ।
घाइते ५ जनालाई स्थानीयवासी, सुरक्षाकर्मी र प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पठाइएको र उनीहरूको अवस्था गम्भीर रहेको घटनास्थलमा खटिएका सुरक्षाकर्मीले जनाएकाे छ , प्रहरीले जानकारी गराए अनुसार घटनाबारे अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान छ प्रहरीले लगाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु