शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

टिपर दुर्घटना परि पाल्पामा चार जनाकाे मृत्यु ।

आईतवार ८ चैत्र, २०८२ Bichar Batika 1181


टिपर दुर्घटना परि पाल्पामा चार जनाकाे मृत्यु  ।

चैत ८ पाल्पा , पाल्पाको माथागढी गाउँपालिका–७ झडेवासस्थित कच्ची सडकमा टिपर दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीले दिनुभएकाे जानकारी अनुसार हिजो साँझ करिब ६ बजे झडेवाबाट चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परि गम्भीर घाइते भएका अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४ सिठारा बस्ने वर्ष २६ का चिन्ता बहादुर सुनार, साेहि ठाउँ बस्ने वर्ष २६ का सुनिल बिक र रुपन्देही जिल्ला देवदह नगरपालिका–२ खेरेनी बस्ने वर्ष २६ का सुनिल नेपालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
अर्का घाइते तानसेन नगरपालिका–१० पटुवा बस्ने ३३ वर्षीय राजन चिदीलाई थप उपचारका लागि भैरहवा पठाइएकोमा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु