शनिबार १५ मंसिर, २०८१
मंसिर १५ रामेछाप , काठमाडौं बाट रामेछापको बेताली तर्फ जाँदै गरेकाे फाेर्स जिप गाेकुलगंगा- ६ फर्पुककाे भिरबाट खस्दा पाँच जनाकाे घटनास्थलमै मृत्यु र तीन जना घाइते भएकाे छ ।

ना.१ ज ७१२३ नम्बरको जिप गाेकुलगंगा ६ फर्पुकाे सिमलडाँडाकाे भिरमा दुर्घटना हुदा गाेकुलगंगा - ४ बेतालीकाे वडा अध्यक्ष रामचन्द्र बस्नेत , गाेकुलगंगा - ५ नामाडीकाे ३० बर्षीय कविता कार्की ( खड्का ) उनकाे छाेरी ७ बर्षीय स्वस्तिका खड्का ,गाेकुलगंगा- ४ बेतालीकाे सविना बिक ( गजमेर) र चालक मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँ फाेस्राे निवासी ३५ वर्षीय हिरा बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ।
साेही दुर्घटनामा परि कास्की लेखनाथ नगरपालिकाकाे ४२ वर्षिय केशव शर्मा , गाेकुलगंगा - ४ बेतालीकाे २७ बर्षिय सरस्वती कार्की र बेतालीकै मृतक सविना बिक काे ४ बर्षिय छाेरा सविन बिक घाईते भएकाे र घाईतेहरूकाे थप उपचारको लागि काठमाडौं पठाइएकाे र घाईतेहरू मध्य सविन बिककाे अबस्थामा गम्भीर रहेकाे ,जिप के कारणले दुर्घटना भएकाे हाे भन्ने अहिले सम्म केही कारण नखुलेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएकाे छ ।
