सोमबार १२ आश्विन, २०८३ (Monday September 28, 2026)

बागलुङमा पहिरोको कहर : एकै परिवारका चारजनाको मृत्यु

आईतवार ११ आश्विन, २०८३ Bichar Batika 1174


बागलुङमा पहिरोको कहर : एकै परिवारका चारजनाको मृत्यु

असोज ११ बागलुङ। लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर बागलुङमा एकै परिवारका चारजनाको मृत्यु भएको छ।
निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विक पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पहिरोमा पुरिएका चारैजनाको शव केहीबेरअघि निकालिएको हो। लगातारको वर्षाका कारण पहिरो खसेपछि उनीहरू पुरिएका थिए।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु