मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

मतपेटिका तथा निर्वाचन सामाग्री बाेकेर साँघुटार तर्फ गएकाे गाडी देउरालीकाे वडा कार्यालय नजिकै दुर्घटना , दुर्घटनामा परि एक जना मृत्यु सात जना घाइते ।

सोमबार १८ फाल्गुन, २०८२ Bichar Batika 1258


मतपेटिका तथा निर्वाचन सामाग्री बाेकेर साँघुटार तर्फ गएकाे गाडी देउरालीकाे वडा कार्यालय नजिकै दुर्घटना , दुर्घटनामा परि एक जना मृत्यु सात जना घाइते  ।

फागुन १८ रामेछाप , मन्थली बाट मतपेटिका तथा निर्वाचन सामग्री बाेकेर रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार तर्फ गहिरहेकाे कर्मचारी तथा  सुरक्षाकर्मी सवार गाडी रामेछाप नगरपालिका वडा नं.२ वडा कार्यालय नजिकै स्वामिडाडाँकाे भिरमा दुर्घटना भएकाे छ ,दुर्घटनामा परि एक जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ भने सात जना घाईते भएकाे छ घाईते मध्य चार जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परेको गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मी सवार रहेको बताइएको छ। गाडी नम्बर भने हालसम्म खुल्न सकेको छैन, रामेछाप नगरपालिका वडा नं. २ देउरालीकाे शिरवारी र वडा नं.३ साँघुटारकाे दुई वटा बुथका लागि सामग्री बोकेर गएको गाडी देउरालीमा  दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परि घाईते भएका सात जनालाई नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं लगिएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु