शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

महासत्व पाैराणिक तथा साँस्कृतिक नाटक।

मंगलवार २३ पुष, २०८१ Bichar Batika 1655


महासत्व पाैराणिक तथा साँस्कृतिक नाटक।

    सुदन मुनिकार , 
 पाैष २३ काठमाडौं , शाक्यमुनि बुद्व संसारमै प्रशिद्व छन् , महासत्वले परिहितकाे लागि सत्वप्राणीकाे उद्वार गर्न परमत्थ महादान गर्नु भयाे , संसारलाईनै महाकरूणा र दान पारमिताकाे एउटा पराकाष्ट नमुना देखाउनु भयाे , दान लिनु र दिनु सबैमा समताभाव राखी जगत हितमा लाग्नु भयाे ,यस महान कुशल कर्मद्वारा महासत्वले सम्येक सम्बुद्वत्वसम्मकाे मार्ग लाभ गरेर भगवान शाक्यमुुनि बुद्व हुनुभयाे ।
  नाटक एक संदेशमुलक कुुशल कार्य गर्ने सशक्त माध्यम हाे, यसले समाजमा घटेका विभिन्न घटनाहरू ,धार्मिक ,साँस्कृतिक ,राजनीतिक  ऐतिहासिक ,सामाजिक रितीरिवाज,संस्कार ईत्यादि विषयबस्तुकाे समाज भित्र भएका असंगति ,दमन र अत्याचारलाई उजागर गरि जनचेतना फैलाउने काम गर्दछ।
नाटक महासत्व बाैद्व जातक कथामा आधारित पाैराणिक घटनाकाे प्रसंग मात्रै हाे, प्रेम प्रसंग ,सुख दु:ख, घटना प्रतिघटना  सुखान्त ,दुखान्त ,संयाेगान्त ,वियोगान्त आदि बिषयबस्तुकाे संवाहन हुन् , सत्यकाे मार्गमा हिड्ने प्रजा  पालक देश र जनता प्रति सदासमर्पित रहने पाञ्चाल राज्यकाे राजा महारथ महान हुनुहुन्थ्यो ।
  अनित्य दु:ख अनात्मा ,जन्म पछि मृत्यु हुनै पर्ने यसलाई बाेध गराै, ध्यान र चर्या गराैं, बाेधिचित उत्पन्न गरि बाेधिचर्या गराैं, परहितकाे कार्यमा निरन्तर रूपमा लागि बुद्वकाे मुक्तिकाे मार्गमा लागाै,सबैमा समभाव राख मनमा सदा करूणा जगाई अरूकाे भलाे गर , महासत्व नाटकले यहि पाठ सिकाउ छ,भवतु सब्व मंगलम् ,ओम नमाे बुद्वाय्।
कथा संकलन, परिकल्पना तथा निर्देशन :- चन्द्रमान मुनिकार
नाट्य रूपान्तरण :- ईगी हाेपाे काेईच सुनुवार
कलाकार :- सुदनमान मुनिकार , संगिता थापा, युवाहांग राई, किरण चापागाई ,विशाल पुलामी , स्मृती श्रेष्ठ ,खुशी सुनुवार ,सचिन लामा, सुमित्रा पेहिम पुनमलक्ष्मी मगर ,प्रेमचन्द्र पाण्डे ।
  प्रस्तुति :- बज्र कला कुञ्जु 
सहकार्य :- ममा आर्ट्स 
सहयाेगी :- काठमाडौं महानगरपालिका ।
स्थान :- काैसी थिएटर कथा घेरा टेकु।
मञ्चन :- २०८१ पाैष २५ गते बिहिवार देखि माघ ५ गते शनिबार सम्म।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु