शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

धरमा पहिलाे चाेटी ऐतिहासिक धिमे बाजा तथा नृत्य प्रदर्शनी ।

शनिबार ६ पुष, २०८१ BicharBatika 1857


धरमा पहिलाे चाेटी ऐतिहासिक धिमे बाजा तथा नृत्य प्रदर्शनी ।

पूष ६ धरान , उपत्यका बाहिर धरानमा पहिलाे चाेटी ऐतिहासिक बृहत् संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुति एवम् विविध साँस्कृतिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएकाे छ ।


पासा खल धरानको आयाेजनामा मंसिर २९ गते देखि पूष १ गते सम्म तीन दिन सम्म सञ्चालन भएकाे उक्त प्रदर्शनीमा एकै साथ २ सय भन्दा धेरै कलाकारहरूले संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुति गरेकाे कलाकार तथा निर्देशक सुदन मुनिकारले जानकारी गराउनु भयाे ।


  यमरी पुन्हिकाे अवसरमा आयाेजित ५ औं संस्करण घरघरमा यमरी २०८१ नामकाे उक्त कार्यक्रमलाई धरान उपमहानगरपालिका वडा नं. ३ काे सहकार्य रहेकाे थियाे भने धिमे बाजा तथा नृत्य प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रमलाई सुदन मुनिकारले निर्देशन गर्नुभएको थियाे ।

                    तस्बिर :- सुदन मुनिकार,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु