मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

प्रसूति गृहबाट चोरिएको शिशु आठ घण्टापछि फेला

शनिबार १२ फाल्गुन, २०८० विचारवाटिका 1576


प्रसूति गृहबाट चोरिएको शिशु आठ घण्टापछि फेला

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको २६ दिनको शिशु आठ घण्टापछि काँडाघारीमा फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शिशुलाई हिजो बेलुकी काँडाघारीमा फेला पारेको जानकारी दिएका छन् । बच्चा चोरने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  हिजो दिउँसो ती महिलाले एक छिन बच्चा खेलाउने बहानामा शिशुलाई लिएर हिँडेकी थिइन्। उनले शुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु