बुधबार १७ भाद्र, २०८३ (Wednesday September 02, 2026)

रसुवाको टिमुरेमा मात्रै ९८ शव फेला, पुरिएका बस्ती उत्खनन् गरेर खोजी कार्य सम्पन्न

मंगलवार १६ भाद्र, २०८३ Bichar Batika 1175


रसुवाको टिमुरेमा मात्रै ९८ शव फेला, पुरिएका बस्ती उत्खनन् गरेर खोजी कार्य सम्पन्न

भदौ १६ रसुवा ,रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ९८ वटा शव फेला परेका छन्,सुरुवाती चरणमा बाढीले बगाएर विभिन्न स्थानमा पुर्‍याएका शव संकलन गरिएकोमा पछिल्ला केही दिनदेखि पुरिएका बस्तीमा उत्खनन् गरेर समेत शव निकाल्ने कार्य गरिएको हो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले तीन दिनदेखि टिमुरे क्षेत्रमा उत्खनन् तथा खोजतलास अभियान सञ्चालन गरेको थियो, उक्त क्रममा ९७ वटा शव उत्खनन् गरी निकालिएको प्रहरीले जनाएको छ, यसअघि सोही क्षेत्रमा एउटा शव फेला परेको थियो, जसलाई आफन्तले पहिचान गरी लगिसकेका थिए।
रसुवाका प्रहरी प्रमुख डीएसपी अशोक थापाका अनुसार, तीन दिनसम्म सञ्चालन गरिएको उत्खनन् अभियानबाट ९७ वटा शव फेला परेका छन्, एउटा पहिल्यै आफन्तले पहिचान गरेर लगिसकेका थिए, अब त्यहाँ खोजतलास सकियो भन्ने छ।
प्रहरीका अनुसार, स्याफ्रुबेसीमा ९ वटा र बेत्रावतीमा ११ वटा शव फेला परेका छन्, टिमुरेमा फेला परेका शवलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा संकलन तथा व्यवस्थापन गरिएको बताइएको छ।
यसैबीच, सुरक्षाकर्मीहरूले नदी किनारका अन्य क्षेत्रमा पनि निरन्तर खोजतलास जारी राखेका छन्,बाढीका क्रममा सबैभन्दा धेरै मानिस फसेको आशंका गरिएको टनेल क्षेत्रमा समेत उत्खनन् कार्य भइरहेको छ।
टनेलभित्र फसेका मानिसहरूको उद्धारमा भने हालसम्म अपेक्षित सफलता प्राप्त हुन सकेको छैन,नेपाली सेनाले विदेशी विज्ञहरूको समेत सहयोग लिएर उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ,विनाशकारी बाढीपछि रसुवाका टिमुरे, स्याफ्रुबेसी तथा आसपासका क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ भने बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु