शनिबार १० फाल्गुन, २०८१
बहादुर फागुन १० काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयाेजीत खुल्ला रक्तदान तथा नि: शुल्क आँखा शिविर कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकाे छ ।


सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन ,नेकपा ( एमाले) का पाेलिटव्युराे सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चाैलागाईकाे प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य सरस्वती बस्नेत , केन्द्रीय सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेत , उपत्यका विषेश प्रदेश कमिटी सदस्य प्रकाश श्रेष्ठ , बागमती प्रदेश सम्पर्क कमिटीका सचिवालय सदस्य ,राजेन्द्र श्रेष्ठ , घनश्याम गाैतम लगायत सदस्यहरू , नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रामेछापका सभापति शिव कुमार कार्की ,मन्त्री दुर्गा बहादुर श्रेष्ठ लगायत रेडक्रसका प्राविधिक टाेलीहरू, ए एस जि आँखा हस्पिटल नयाँ बानेश्वरका मार्केटिङ मेनेजर सन्जिव कुमार ठाकुर लगायत लगायत प्राविधिक टाेलीहरू, रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठ लगायत जिल्ला कमिटी सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको सल्लाहकार सदस्यहरू, नेपाल कमर्श क्याम्पस प्रा.क.का अध्यक्ष सुदिप भट्टराई लगायत पदाधिकारी तथा सदस्यहरूकाे आतिथ्यतामा नेपाल कमर्श क्याम्पस मीन भवनमा आयाेजना गरिएकाे कार्यक्रम लाई नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रामेछापले खुल्ला रक्तदानमा प्राविधिक सहयाेग र ए एस जि आँखा हस्पिटल नयाँ बानेश्वरले नि: शुल्क आँखा शिविरमा प्राविधिक सहयाेग र नेपाल कमर्श क्याम्पस प्रा.क.ले स्थान उपलब्ध गराउन सहयाेग गरेकाे थियाे ।



कार्यक्रमलाई सफल पार्न हेवान थकाली टिमुर तिनकुने, रेडक्रस जिल्ला शाखा रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठ , नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी सदस्यहरू राकेश श्रेष्ठ , हरि बहादुर राेक्का, शिव प्रसाद गाैतम, बागमती प्रदेश सम्पर्क कमिटी सदस्य सिताराम खड्का , रामेछाप - काठमाडौं सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरू निराजन तिमिल्सिना , रमेश खड्का , नवराज पाण्डे , खिल बहादुर श्रेष्ठ , दुर्गा बहादुर आच्छामी, बिष्णु बहादुर श्रेष्ठ , दाेरम्बा शैलुङ्ग - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष किरण तिवारी , सुनापति - काठमाडौं सम्पर्क मञ्चको सचिव बिष्णु चाैलागाई, रामेछाप नगर - काठमाडौं सम्पर्क मञ्चको काेषाध्यक्ष शंकर घिमिरे , समाजसेवी तथा नेकपा एमालेका शुभचिन्तक दिपक पाण्डे , विदुर पाण्डे , प्रदिप श्रेष्ठ , सन्जिव आले मगर, युद्व बहादुर श्रेष्ठ लगायतले आर्थिक सहयाेग गर्नु भएकाे थियाे ।


कार्यक्रमका संयाेजक तथा सम्पर्क मञ्चको उपाध्यक्ष दिल बहादुर श्रेष्ठ ( दिलिप) ले प्रमुख अतिथि ,अतिथिहरू लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण जनालाई स्वागत गर्दै कार्यक्रम सफल पार्न प्राविधिक ,आर्थिक तथा स्वयंसेवककाे रूपमा सहयाेग गर्नु हुने सम्पूर्ण जनालाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।


रामेछाप - काठमाडौं सम्पर्क मञ्चले स्थान उपलब्ध गराउन सहयोग गर्नुहुने संस्था, खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविरमा प्राविधिक सहयाेग गर्नुहुने संस्थाहरू तथा आर्थिक सहयाेग गर्नु हुने सम्पूर्ण व्यक्तिहरूलाई मायाकाे चिनाे प्रधान गरि सम्मान समेत गरेकाे थियाे ।

तस्बिर :- खिल बहादुर श्रेष्ठ