मंगलवार १६ भाद्र, २०८३ (Tuesday September 01, 2026)

नुवाकोटको बेत्रावतीमा भयावह दृश्य : एउटै भवनभित्र २० भन्दा बढी शव फेला

मंगलवार १६ भाद्र, २०८३ Bichar Batika 1128


नुवाकोटको बेत्रावतीमा भयावह दृश्य : एउटै भवनभित्र २० भन्दा बढी शव फेला

भदौ १६  नुवाकोट , रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा नुवाकोटको बेत्रावती क्षेत्रमा एउटै भवनभित्र २० भन्दा बढी शव फेला परेका छन्।
गत बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएकाहरूको खोजी तथा उद्धारका क्रममा विदुर नगरपालिका–१० स्थित घण्टीघर नजिक रहेको एक ठूलो भवनभित्र ठूलो संख्यामा शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार एउटै कोठाभित्र धेरै शव फेला परे पनि हालसम्म मृतकको यकिन संख्या पुष्टि हुन बाँकी रहेको छ,विदुर नगरपालिका–१० का वडा सदस्य मङ्गल तामाङका अनुसार स्थानीयवासीको आग्रहपछि ड्रोनमार्फत उक्त भवनको अनुगमन गरिएको थियो, अनुगमनका क्रममा घरभित्र शवहरू लहरै परेको देखिएपछि सशस्त्र प्रहरीसहितको उद्धार टोली भवनभित्र प्रवेश गरी खोजतलास गरेको थियो।
उद्धारका क्रममा हालसम्म कम्तीमा २२ वटा शव रहेको अनुमान गरिएको छ,सोमबार सुरक्षाकर्मीले भवनबाट ५ देखि ६ वटा शव बाहिर निकालेका छन् भने अझै १६ वटाभन्दा बढी शव भवनभित्रै रहेको बताइएको छ,बाढी आएको धेरै दिन बितिसकेकाले फेला परेका अधिकांश शव सडेरगलेको अवस्थामा रहेका छन्, त्यसकारण उनीहरूको पहिचान गर्न समेत कठिनाइ भइरहेको उद्धार टोलीले जनाएको छ।
वर्षा र रात परेका कारण सोमबार खोज तथा उद्धार कार्य प्रभावित भएको थियो,बाँकी शव निकाल्नका लागि आज बिहानैदेखि सुरक्षाकर्मीको थप टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
यो घटनाले रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीको भयावह मानवीय क्षतिको चित्र थप स्पष्ट बनाएको छ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु