शुक्रबार ५ मंसिर, २०८३ (Friday November 20, 2026)

वीरगञ्ज भन्सारले कात्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व सङ्कलन

बिहीबार ४ मंसिर, २०८३ Bichar Batika 1171


वीरगञ्ज भन्सारले कात्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व सङ्कलन

मंसिर ३, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा राजस्व सङ्कलनको लक्ष्यभन्दा बढी राजस्व उठाएको छ।
कार्यालयका अनुसार गत कात्तिक महिनामा रु. १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ। उक्त महिनाका लागि रु. १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा रु. १५ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको हो।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार कात्तिक महिनामा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जा, खाद्यान्न, फलामलगायत विभिन्न व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो।
वीरगञ्ज भन्सार कार्यालयले गत भदौ महिनादेखि लगातार राजस्व सङ्कलनको लक्ष्य पूरा गर्दै आएको छ। असोज महिनामा मात्रै कार्यालयले रु. २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको थियो।
प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार कार्यालयले चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको करिब ३० प्रतिशत सङ्कलन गरिसकेको छ।
यससँगै वीरगञ्ज भन्सार कार्यालयले पछिल्ला महिनामा राजस्व सङ्कलनमा निरन्तर सुधार गर्दै लक्ष्यभन्दा बढी राजस्व उठाउने क्रमलाई कायम राखेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु