बिहीबार ४ मंसिर, २०८३ (Thursday November 19, 2026)

पश्चिमी वायुको प्रभाव : पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

बुधबार ३ मंसिर, २०८३ Bichar Batika 1120


पश्चिमी वायुको प्रभाव : पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मंसिर २, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम बदली भएको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
त्यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार तराईका साथै काठमाडौं उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
सम्भावित हुस्सु, कुहिरो तथा हिमपातलाई ध्यानमा राख्दै यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु