बुधबार ३ मंसिर, २०८३ (Wednesday November 18, 2026)

एमाले स्थायी कमिटी बैठक आज बस्दै, कार्यकर्ता भेलाको तयारी मुख्य एजेन्डा

मंगलवार २ मंसिर, २०८३ Bichar Batika 1168


एमाले स्थायी कमिटी बैठक आज बस्दै, कार्यकर्ता भेलाको तयारी मुख्य एजेन्डा

मंसिर १, काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको कार्यकर्ता भेलाको तयारीलाई लक्षित गर्दै आज स्थायी कमिटी बैठक बोलाएको छ ।
एमाले स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।
बैठकमा भोलि र पर्सि (मंसिर २ र ३ गते) काठमाडौंको बानेश्वरस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने कार्यकर्ता भेलाको तयारी, व्यवस्थापन तथा भेलालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।
पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक मुख्य रूपमा कार्यकर्ता भेलाको तयारी र व्यवस्थापनमा केन्द्रित रहनेछ ।
कार्यकर्ता भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक रणनीति, जिम्मेवारी बाँडफाँट तथा अन्य व्यवस्थापकीय विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु