शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

चाैधरीकाे स्वर तथा भण्डारीको शव्द /संगीत रहेकाे गित बाबुजी सार्वजनिक ।

आईतवार १८ जेष्ठ, २०८२ Bichar Batika 1346


चाैधरीकाे स्वर तथा भण्डारीको शव्द /संगीत रहेकाे गित बाबुजी सार्वजनिक ।

जेष्ठ १८ काठमाडौं , अनु  चौधरीको स्वर तथा उत्तम भण्डारीको शब्द एवम् संगीत रहेकाे  गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ ।

उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

 

 गीतम  बाबुल गिरीकाे एरेञ्जर / मिक्सिङ, माष्टरिङ र उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।

विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गायिका चौधरीले भन्नुभयो । उहाँका थुप्रै गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका चौधरीले बताउनुभयो । थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाउनुभएको छ ।

अनुले नेपाली चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गर्नुभएको छ । कोरियोग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित हुनुभएको छ । उहाँले हालै अवार्ड पनि पाउनुभएको थियो । अनुले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि राख्नुभएको छ । उहाँले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु