शुक्रबार २१ कार्तिक, २०८३ (Friday November 06, 2026)

प्रदीप र पल एउटै फिल्ममा, ‘उही तिम्रो’को निर्माण घोषणा

शुक्रबार २१ कार्तिक, २०८३ Bichar Batika 1127


प्रदीप र पल एउटै फिल्ममा, ‘उही तिम्रो’को निर्माण घोषणा

कार्तिक २०, काठमाडौं । निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘उही तिम्रो’मा अभिनेता प्रदीप खड्का र पल शाहले दाेस्राे पटक सहकार्य गर्ने भएका छन्। काठमाडौंको कालोपुलस्थित एक होटलमा स्वस्तिवाचन तथा अग्निपूजासहित फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा प्रदीप र पलसँगै सिम्रन पन्त, जुना विश्वकर्मा, लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायतका कलाकारको अभिनय रहनेछ। चर्चित मोडल जुना विश्वकर्माले यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यू गर्न लागेकी हुन्। उनले यसअघि पल शाहसँग चर्चित गीत ‘म त ढलेँ ढलेँ’मा सहकार्य गरेकी थिइन्।
फिल्मको छायांकन आगामी मंसिरको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। फिल्मको निर्माण विशाल चौलागाईंले गर्नेछन्। उनले यसअघि ‘पिताम्बर’ फिल्म निर्माण गरेका थिए। उनी निर्देशक कृषा चौलागाईंका सहोदर भाइ हुन्।
फिल्मको कथा, पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका छन् भने छायांकनको जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ।
केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन म्याग्दी र काभ्रेको बनेपामा गरिने जनाइएको छ। निर्देशक चौलागाईंका अनुसार फिल्मलाई २०८३ साल चैत २६ गते शुक्रबार नयाँ वर्षको अवसर पारेर प्रदर्शन गरिनेछ,
प्रदीप र पलकाे पहिलाे सहकार्य २०८१ मा  फिल्म पूजार सार्कीमा गरेकाे थियाे ,पहिलाे सहकार्य रहेकाे फिल्म हिट समेत भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु