शुक्रबार २१ कार्तिक, २०८३ (Friday November 06, 2026)

एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीद्वारा सामूहिक देउसीभैलो कार्यक्रम आयोजना हुँदै

शुक्रबार २१ कार्तिक, २०८३ Bichar Batika 1246


एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीद्वारा सामूहिक देउसीभैलो कार्यक्रम आयोजना हुँदै

कार्तिक २० ,काठमाडौं । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क संगठन कमिटीको आयोजनामा सामूहिक द्याैसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ।
आगामी कात्तिक २१ गते काग तिहारका दिन काठमाडौंको कोटेश्वरस्थित कालिञ्चोक खड्का पार्टी प्यालेसमा बिहान १० बजेदेखि कार्यक्रम आयोजना गर्न लागिएको हो।
बडादसैँ, शुभ तिहार, नेपाल संवत्, छठ पर्वलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने तथा सामूहिक द्याैसी भैलो कार्यक्रममार्फत नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवम् जागरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रममा चिरपरिचित कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क संगठन कमिटीका उपाध्यक्ष, प्रचारप्रसार विभाग प्रमुख तथा सामूहिक  द्याैसी भैलो कार्यक्रमका संयोजक दिलिप श्रेष्ठले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता तथा कार्यकर्ता र सम्पूर्ण पार्टी शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन्।

श्रेष्ठले चाडपर्वको अवसरमा आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रम विवरण :
मिति: २०८३ कात्तिक २१ गते (काग तिहार)
समय: बिहान १० बजेदेखि
स्थान: कालिञ्चोक खड्का पार्टी प्यालेस, कोटेश्वर
आयोजक: नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क संगठन कमिटी




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु