बिहीबार २० कार्तिक, २०८३ (Thursday November 05, 2026)

फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन, अध्यक्षमा धर्मबहादुर थापा मगर

बुधबार १९ कार्तिक, २०८३ Bichar Batika 1194


फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन, अध्यक्षमा धर्मबहादुर थापा मगर

कार्तिक १८ ,रामेछाप । फास्ट फुड व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता, खाद्य स्वच्छता तथा व्यवसायको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन गरिएको छ। धर्मबहादुर थापा मगरको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा गेल्पु शेर्पा, सचिवमा माधवराज आरण, उपसचिवमा दुर्गाबहादुर कार्की र कोषाध्यक्षमा मानबहादुर आले चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा इन्द्रमाया माझी, मनोज श्रेष्ठ, मिरा गिरी र विनय कार्की रहेका छन्।

फास्ट फुड एसोसिएसन नेपालका केन्द्रीय उपमहासचिव भीमप्रसाद आरणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएकाे थियाे , कार्यक्रमको सञ्चालन संस्थाका महासचिव राकेश श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा मन्थली नगरपालिका वडा नं. २ का अध्यक्ष सुरेन्द्रबहादुर कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठलगायत संस्थाका पूर्वअध्यक्षहरू राजकुमार श्रेष्ठ, फणिन्द्रबहादुर श्रेष्ठ र धनबहादुर श्रेष्ठ तथा सल्लाहकार विष्णु श्रेष्ठ र लीलाबहादुर श्रेष्ठ ,होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य टीकाराज आरण, होटल व्यवसायी महासंघका अध्यक्ष गणेश थपलिया, पूर्वअध्यक्षहरू कविन्द्र लामा र सरोज तामाङलगायत विभिन्न क्षेत्रका व्यवसायी तथा अतिथिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले फास्ट फुड व्यवसायलाई मर्यादित, व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवसायीहरूबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राख्दै उपभोक्तालाई स्वस्थ तथा गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।
नवगठित जिल्ला कमिटीले रामेछापका फास्ट फुड व्यवसायीहरूलाई एकताबद्ध गर्दै उनीहरूको हकहित संरक्षण, व्यावसायिक क्षमता अभिवृद्धि तथा व्यवसायको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नवगठित जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु