शनिबार १५ कार्तिक, २०८३
कार्तिक १४, काठमाडौं । रक्त अभियानता छिमी उर्केन गुरुङको आयोजनामा पुरानो बानेश्वर टोलबासी संस्थाको सहकार्य तथा कान्तिपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा बुद्धपार्क स्वयम्भूमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरू कम हुँदा काठमाडौंमा रगतको चरम अभाव देखिएको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
चाडपर्वको समयमा अस्पतालहरूमा उपचाररत बिरामी तथा आकस्मिक अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले रगतको अभाव न्यूनीकरण गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको आयोजकले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

कार्यक्रममार्फत संकलित रगतले रगतको आवश्यकता भएका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गर्दै आयोजकले मानव जीवन बचाउने पुण्य कार्य रक्तदान कार्यक्रममा सहभागीभै स्वास्थ्यले साथ दिए सम्म नियमित रक्तदान गर्न समेत सबैलाई आग्रह गरेको छ।

