शुक्रबार १४ कार्तिक, २०८३ (Friday October 30, 2026)

आजको राशिफल : मेष, वृष, सिंह र कन्या राशिलाई राम्रो, कुन राशिलाई कस्तो छ भाग्य ?

शुक्रबार १४ कार्तिक, २०८३ Bichar Batika 1100


आजको राशिफल : मेष, वृष, सिंह र कन्या राशिलाई राम्रो, कुन राशिलाई कस्तो छ भाग्य ?

कार्तिक १३, काठमाडौं । आज २०८३ साल कात्तिक १३ गते शुक्रबार। अंग्रेजी पात्रोअनुसार अक्टोबर ३०, २०२६ हो। ज्योतिष शास्त्रअनुसार चन्द्रमाको स्थिति र नक्षत्रका आधारमा १२ वटा राशि निर्धारण गरिन्छ। व्यक्तिको जन्मराशि र नक्षत्रअनुसार दैनिक फलादेश हेर्ने प्रचलन छ।
आज केही राशिका लागि आर्थिक लाभ, शिक्षा, प्रेम तथा पारिवारिक सम्बन्धमा सकारात्मक संकेत देखिएका छन् भने केही राशिका व्यक्तिले स्वास्थ्य, खर्च र व्यवहारमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। हेरौँ, आजको १२ राशिको फलादेश :
मेष : आजको दिन राम्रो रहनेछ। शिक्षामा प्रगति हुनेछ। उपचाररत व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। परिवारको साथ र सहयोगमा महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ।
वृष : आज धन लाभ हुने योग छ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा प्रगति हुनुका साथै मन मिल्ने साथीको साथ र सहयोग प्राप्त हुनेछ।
मिथुन : आजको दिन सामान्य रहनेछ। बोल्दा विशेष सावधानी अपनाउनुपर्नेछ। शिक्षामािक्षामा थप मेहनत गर्नुपर्ने देखिन्छ। यात्रामा खर्च बढ्न सक्छ। गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ।
कर्कट : आज विशेष सावधानी अपनाएर काम गर्नुपर्ने दिन छ। सोचेअनुसार काम नहुँदा निराशा बढ्न सक्छ। खर्चसमेत बढ्ने सम्भावना छ। अप्ठ्यारो परिस्थितिमा भने परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
सिंह : आजको दिन राम्रो रहनेछ। रोकिएका तथा सोचेका काम बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर हुनेछ। विभिन्न क्षेत्रमा प्रगति गर्ने अवसर मिल्नेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ।
कन्या : आज धनलक्ष्मी योग परेको छ। प्राप्त अवसरको सदुपयोग गर्न सके आर्थिक लाभ हुनेछ। विपक्षीसमेत अनुकूल बन्ने तथा परिवारको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँग भेटघाट हुने सम्भावना छ।
तुला : आजको दिन सामान्य रहनेछ। सोचेका काममा अवरोध आउन सक्छ। खर्च बढ्ने सम्भावना छ। प्रेम सम्बन्धमा मनमुटाव हुन सक्ने भएकाले कुराकानी र व्यवहारमा संयम अपनाउनु उचित हुनेछ।
वृश्चिक : आजको दिन सामान्य रहनेछ। आफन्तबाट अपेक्षित सहयोग नपाइन सक्छ। शिक्षामा थप मेहनत गर्नुपर्ने देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा दैनिक कामकाज सहज बन्नेछ।
धनु : आजको दिन राम्रो रहनेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा गर्दा भने विशेष सावधानी अपनाउनुपर्नेछ।
मकर : आज मानसम्मान प्राप्त हुने योग छ। मेहनत गरेको क्षेत्रबाट धन आर्जन हुनेछ। व्यापार व्यवसायमा फाइदा हुन सक्छ। शिक्षामा्षामा समेत प्रगति हुनेछ। तर, परिवारभित्र विवाद वा मनमुटाव हुन सक्ने भएकाले संयमित व्यवहार गर्नुहोला।
कुम्भ : आज स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्नेछ। अनावश्यक्यक यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा काममा सकारात्मक परिणाम मिल्न सक्छ। प्रेम सम्बन्धमा भने उतारचढाव आउन सक्नेछ।
मीन : आजको दिन सामान्य रहनेछ। सोचेका काममा अवरोध सिर्जना हुन सक्छ। शरीरमा पीडा वा असहजता बढ्ने सम्भावना छ। कुनै विषयमा जिम्मेवारीबोध बढ्नेछ। दैनिक व्यवहार तथा निर्णय गर्दा विशेष सचेत रहनुहोला।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु