शुक्रबार १४ कार्तिक, २०८३ (Friday October 30, 2026)

कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ

बिहीबार १३ कार्तिक, २०८३ Bichar Batika 1139


कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ

कार्तिक १२, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सभापति थापाले भने यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।
शपथ ग्रहणलगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागितामा पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकसमेत आजै बसेको थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु