बुधबार १४ आश्विन, २०८३ (Wednesday September 30, 2026)

आजको जेनेरेसन युवाको मनको कुरा

मंगलवार १३ आश्विन, २०८३ Bichar Batika 1349


आजको जेनेरेसन युवाको मनको कुरा

असाेज १३ काठमाडौं ।आजको युवा सपना देख्न डराएको होइन,तर सपना पूरा गर्ने बाटो कठिन हुँदै गएको छ, देशमा व्यापार–व्यवसाय चलायमान छैन, लगानी गर्न खोज्दा जोखिम धेरै छ र रोजगारीको खोजीमा धेरै युवा विदेशिन बाध्य छन्।
आफ्नै देशमा केही गरौँ भन्ने चाहना हुँदाहुँदै पनि अवसर र वातावरणको अभावले मनमा निराशा बढ्दै गएको छ, हामी युवालाई ठूलो कुरा चाहिएको छैन,काम गर्ने वातावरण, सुरक्षित लगानी, निष्पक्ष अवसर र आफ्नो मेहनतको सम्मान चाहिएको छ।
देशको अर्थतन्त्र बलियो भयो भने ,व्यापार चल्छ, रोजगारी बढ्छ,र युवाको भविष्य पनि यही देशमा बन्न सक्छ, हामी देश छोड्न चाहँदैनौँ, हामी देशमै भविष्य बनाउन चाहन्छौँ,आजको युवाको एउटै चाहना हो,देश चलायमान बनोस्, व्यापार चलोस्, रोजगारी बढोस् र मेहनत गर्ने युवाले आफ्नै देशमा आफ्नो भविष्य बनाउन सकोस्। 

          युवा व्यवसायी, प्रबिन श्रेष्ठ
                  रामेछाप जिल्ला
          मन्थली न.पा.–२, कठजोर हाल भक्तपुर ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु