बुधबार १४ आश्विन, २०८३ (Wednesday September 30, 2026)

क्रोएसियामा ज्यान गुमाएकी उजेलीको परिवारलाई एमालेको राहत

मंगलवार १३ आश्विन, २०८३ Bichar Batika 1128


क्रोएसियामा ज्यान गुमाएकी उजेलीको परिवारलाई एमालेको राहत

असोज १३ रामेछाप । वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएकी रामेछाप नगरपालिका–६, अख्रेनीकी २० वर्षीया उजेली विकको परिवारलाई नेकपा एमालेले खाद्यान्न सामग्री सहयोग गरेको छ।
एमाले रामेछाप नगर कमिटी र रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चले विकको घरमै पुगेर १० बोरा चामल, दाल, तेललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको थियाे ,शोकमा रहेको परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको एमाले रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो। सहयोग सामग्री मृतक उजेलीका पिता गोपाल विकलगायत परिवारका सदस्यहरूकाे उपस्थितिमा हस्तान्तरण गरेका थिय ।
सहयोग हस्तान्तरणमा एमाले नेता युगराज पाख्रिन, रामेछाप नगरपालिका–६ का वडा कमिटी अध्यक्ष धनबहादुर तामाङलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो,एमाले नेता युगराज पाख्रिनले दुःखको यस घडीमा पार्टी विक परिवारको साथमा रहेको सन्देश दिन सहयोग गरिएको बताउनुभयो, उजेलीको असामयिक निधनले आफूहरूलाई समेत मर्माहत बनाएको उहाँको भनाइ थियो।
वडा कमिटी अध्यक्ष तामाङले नगर कमिटी तथा सम्पर्क मञ्च मार्फत रकम संकलन गरी परिवारलाई सहयोग गरिएको बताउनुभयो। 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु