बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

एमालेको केन्द्रीय कमिटी सदस्यमा विशाल भट्टराईदेखि दुर्गा प्रसाईसम्म मनोनीत (सूचीसहित)

आईतवार २६ मंसिर, २०७८ विचारवाटिका 2552


एमालेको केन्द्रीय कमिटी सदस्यमा विशाल भट्टराईदेखि दुर्गा प्रसाईसम्म मनोनीत (सूचीसहित)

मंसिर २६, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । 
विधानतः ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो ।

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले एमालेको मनोनयनमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरूलाई मनोनीत गरेको हो । 
अध्यक्षमा पराजित भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनीत हुन उनले नमानेको बताइएको छ । महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका उनले केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेका थिए ।

त्यस्तै एमालेको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । उनी महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर, पदमा बस्न अस्वीकार गरेका थिए ।


दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई.
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु