सोमबार १० कार्तिक, २०८३ (Monday October 26, 2026)

सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, तीन जना बेपत्ता

आईतवार ९ कार्तिक, २०८३ Bichar Batika 1124


सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, तीन जना बेपत्ता

कार्तिक ८, काठमाडौं । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमध्ये सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी ५२ वर्षीया लिला राईको पहिचान खुलेको छ। उनको चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य दुई मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि बेपत्ता हुनेहरूमा झापाको कनकाई नगरपालिका–४ निवासी अन्दाजी ७ वर्षीय शिवक मगर, निता मगरका छोरा,
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी २१ वर्षीया प्रमिला मगर र सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी २२ वर्षीया मनु राई रहेकाे छ,बेपत्ताहरूको खोजी कार्य जारी रहेका र  घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु