शनिबार २ जेष्ठ, २०८३
जेष्ठ २ काठमाडौं , आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेकाे छ,नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११वटा खेल जित्नुपर्ने छ भने एकदिवसीय मान्यता जोगाउन राख्न समेत शीर्ष छ स्थानमा रहनु आवश्यक रहेकाेले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छ, दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।