शनिबार १५ कार्तिक, २०८३ (Saturday October 31, 2026)

कान्ति राजमार्गमा दुई दिन साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

शुक्रबार १४ कार्तिक, २०८३ Bichar Batika 1108


कान्ति राजमार्गमा दुई दिन साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

कार्तिक १३, हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावका कारण बिहीबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । लगातारको वर्षाले सडक तथा राजमार्गका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढाएको छ ।
सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिदै उक्त अवधिमा कान्ति राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण र सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु