आईतवार १६ कार्तिक, २०८३ (Sunday November 01, 2026)

लगातारको वर्षाले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध

आईतवार १६ कार्तिक, २०८३ Bichar Batika 1051


लगातारको वर्षाले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध

कार्तिक १५, काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ तथा ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। खोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा यातायात आवागमन प्रभावित भएको हो।
प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, ललितपुर महानगरपालिका–२ सुन्दरीघाटस्थित बागमती खोला करिडोरको सडकमा वर्षाका कारण बागमती नदीको जलसतह बढेपछि आवागमन रोकिएको छ।
ललितपुरकै बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचे क्षेत्रमा कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
वर्षाका कारण सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सम्बन्धित सडकखण्डमा यात्रा गर्ने यात्रु तथा चालकलाई सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु