बिहीबार १५ मंसिर, २०७९
मंसिर १५ काठमाडौं, दोलखाका १० मतदान केन्द्रमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
मंसिर ४ गते देशभर एकैचरणमा चुनाव हुँदा दोलखा जिल्लामा पनि भएको थियो । तर चुनावमा वुथ कब्जा भएपछि निर्वाचन आयोगले मंसिर ४ को मतदान रद्द गरेर पुनः मतदान गरेको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मात्र मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको ’क’, ’ख’ र ’ग’, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र ’क’ र ’ख’, तामाकोशी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका ’क’ र ’ख’ तथा , वैत्यश्वर वडा नम्बर–३ को कालीढुंगा मावि मतदान केन्द्रमा ’क’, ’ख’ र ’ग’ मा आज मतदान सम्पन्न भएको हो ।