सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

पुरेश्वरमा बसमा आगजनी, चालक गम्भीर घाइते

सोमबार ५ आश्विन, २०८३ Bichar Batika 1085


पुरेश्वरमा बसमा आगजनी, चालक गम्भीर घाइते

असाेज ५ काठमाडौं, काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रिदिसिद्धि यातायातको बसमा आगजनी हुँदा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रारम्भिक जानकारीअनुसार आगलागी हुँदा बसभित्र चालक मात्र रहेका थिए, आगलागीमा परी गम्भीर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।

प्रारम्भिक विवरणमा चालकले आफैं बसमा आगो लगाएको भनिए पनि घटनाको वास्तविक कारणबारे पुष्टि हुन बाँकी छ, घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु