सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

दिवंगत आमाको सम्झनामा भूपेश गिरीको भावुक गीत ‘मेरी आमा’ सार्वजनिक

आईतवार ४ आश्विन, २०८३ Bichar Batika 1142


दिवंगत आमाको सम्झनामा भूपेश गिरीको भावुक गीत ‘मेरी आमा’ सार्वजनिक

असाेज ४ काठमाडौं ,गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको भावुक गीत ‘मेरी आमा’ सार्वजनिक गरेका छन्,आफ्नै जीवनमा घटेको पीडादायी घटनाबाट प्रेरित गीतले आमाको माया, बाल्यकालका मिठा सम्झना, अस्पतालमा आमाले भोगेको पीडा र अन्ततः आमालाई गुमाउनुपरेको क्षणलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
आमाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकबाट आएको निराशाजनक खबर, आमालाई बचाउने छोराको आशा र अन्ततः भोग्नुपरेको वियोगको पीडालाई भूपेशले गीत तथा म्युजिक भिडियोमार्फत अभिव्यक्त गरेका छन्, ‘मेरी आमा’ केवल गीत नभई आमासँग जोडिएका स्मृति, प्रेम र वियोगको व्यक्तिगत कथा बनेको छ।
गीतमा शब्द, संगीत, स्वर र अभिनय भूपेश गिरीकै रहेको छ, म्युजिक भिडियोमा संगम राईले आमाको भूमिका निर्वाह गरेकी छन् भने बाल कलाकार ब्रायन घिमिरेले बाल्यकालका भूपेशको भूमिका निभाएका छन्।
राजीव समरको निर्देशनमा तयार भएको भिडियोको छायांकन रक कौशलले गरेका हुन्, सम्पादन तथा कलर राकेश दाहालको रहेको छ भने पोस्ट प्रोडक्सन नोभिस आर्ट्सले गरेको हो, गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सजन शाहले गरेका छन्।
ग्लोबल हायरको प्रस्तुति तथा कुसुम पाठकको निर्माण रहेको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक भएयता गीत तथा भिडियोले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ,आमासँगको आत्मीय सम्बन्ध, सम्झना र वियोगको पीडालाई सरल तर प्रभावकारी रूपमा प्रस्तुत गरिएकाले ‘मेरी आमा’ ले दर्शक–श्रोताको भावनालाई छुने प्रयास गरेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु