सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

सोमबार ५ आश्विन, २०८३ Bichar Batika 1118


कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

असाेज ५ काठमाडौं , नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनले तीव्रता पाएको छ। असोज ३ गतेदेखि सुरु भएको अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइरहेका छन्, कोशीदेखि सुदूरपश्चिमसम्मका अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको समितिले जनाएको छ।
तर रसुवा, नुवाकोट र धादिङ तथा सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र पश्चिम नवलपरासी क्षेत्र नं. २ मा अधिवेशन हुन बाँकी छ।
हिजाे असोज ४ गते सम्पन्न हुन नसकेका वडामा असोज ५ गते पनि अधिवेशन जारी रहने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ,वडा तहबाट सुरु भएको प्रतिनिधि छनोट प्रक्रियाले महाधिवेशनको आधारभूत तयारीलाई अघि बढाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु