मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

विश्व रक्तदाता दिवसकाे अवसरमा गाेठगाउँ सराेकार समाज द्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न ।

शनिबार २२ असार, २०८१ विचारवाटिका 2069


विश्व रक्तदाता दिवसकाे अवसरमा गाेठगाउँ सराेकार समाज द्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न ।

असार २२ काठमाडौं , विश्व रक्तदाता दिवस २०२४ काे अवसरमा गाेठगाउँ सराेकार समाज द्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकाे छ।


 ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्य ,कान्तिपुर अस्पताल रक्त सञ्चार सेवा सुविधानगर तिनकुनेकाे प्रविधिक सहयाेग तथा  गाेठगाउँ सराेकार समाजको अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षता ,ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काे केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिकाे प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा ब्लाेदान काठमाडौं जिल्ला शाखा अध्यक्ष जनक कुमार खड्का ,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ( दिलिप) नागार्जुन व्यापार संघका अध्यक्ष तुलाराम श्रेष्ठ ,ब्लाेदान काठमाडौं जिल्ला सदस्य सीता न्याैपाने, आरति पार्टी प्यालेसका सञ्चालक माधव प्रसाद पाण्डे ,युवा व्यवसायी ऋषिराम श्रेष्ठ अतिथिकाे रूपमा उपस्थिति हुनुभएको थियाे ।

 


   गाेठगाउँ साेकार समाज द्वारा आयाेजित रक्तदान कार्यक्रम  सुजन राई ( खाेटाङ्ग) मिना तामाङ ,सार्जन राई ,नीर बहादुर श्रेष्ठ , खिल बहादुर श्रेष्ठ , शंकर बस्नेत , राजकुमार बुढाथोकी , गाेपिराज खत्री लगायतका व्यक्तिहरूकाे आर्थिक सहयाेगमा आरति पार्टी प्यालेस माछापाेखरी बालाजुमा संस्थाका सञ्चालक सदस्य ,सल्लाहकार सदस्य आजीवन सदस्य लगायत गाेठगाउँ सराेकार समाजलाई सपाेर्ट गर्नुहुने विभिन्न जिल्लाका व्यक्तिहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

 

 

                     तस्बिर :- खिल बहादुर श्रेष्ठ ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु