मंगलवार १९ फाल्गुन, २०८२
फागुन १९ काठमाडौं , निर्वाचन आयोगले रास्वपा बाट धनुषा -१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज खारेज गरेकाे छ ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि साहाके उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी गराउनु भयाे ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० मा कालोसूचीमा रहेकाे देखिएकाे र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख गरिएकाे छ ।