आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

आज तमु ल्होसार :- गुरूङ समुदायको नयाँ वर्ष ।

मंगलवार १५ पुष, २०८२ Bichar Batika 1417


आज तमु ल्होसार :- गुरूङ समुदायको नयाँ वर्ष ।

पुष १५ काठमाडौं , आज पुष १५ गते गुरुङ समुदायले आज टुँडिखेलमा तमु ल्होसार पर्व भव्य रूपमा मनाउने तयारी गरीरहेकाे छ , तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा समेत  मनाउने गर्दछ ।

तमु ल्हाेसार कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत एवम् साँस्कृतिक भेषभुषामा सजिएर सहभागी हुन्छन् ,कार्यक्रममा गुरुङ समुदायको भान्षामा पाक्ने परिकारहरूकाे  विशेष प्रदर्शनी समेत गरिनेछ ,तमु ल्हाेसारकाे अवसरमा राजधानीको टुँडिखेलमा आईतवार देखिनै ल्होसार महोत्सव सुरु भएको छ ,विषेश गरि आज ल्हाेसार हेर्न  हजारौँ सर्वसाधारणको सहभागिता हुने गर्छ , आज तमु ल्होसार पर्वमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।
गुरूङ समुदायका बुढापाकाहरूकाे भनाई अनुसार आज ( पुष १५ गते) काे रात सबैभन्दा लामो हुने र यसपछिका रात क्रमश घट्दै जाने भएकाले पनि याे तमु ल्हाेसार पर्वको महत्त्व रहेको  छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु